बैशाख १७, २०८१, सोमबार
               

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विभिन्न भागमा बाढी पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

पूर्वराजाले आज सोमबार विज्ञप्ति प्रकाशित गरी बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको र आफ्नो घर, गोठ र जायजेथा गुमाउनु परेको र धेरै घरबारविहीन भएकोमा आफू अत्यन्त दुखित भएको जनाएका हुन् ।

पूर्वराजाले बाढी, डुबान र भूक्षयको जोखिम हुन नदिन रोकथाम र सजगताको निम्ति समयमै ध्यान दिन सके यस्तो क्षति न्यूनीकरणमा योगदान पुग्ने उल्लेख गरेका छन् ।

पूर्वराजाले यो पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन भनी ईश्वरसँग प्रार्थना गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पूर्वराजाका तर्फबाट सचिवालयले जारी गरेको विज्ञप्ति


कस्तो लाग्यो ?

यो पनि