असोज ०६, २०८१, आइतबार
               

भारतका कारण तराई डुबानमा परेको हो : गृहमन्त्री थापा

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले तराई डुब्नुको मुख्य कारण  भारतीय हस्तक्षेप भएको बताएका छन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार उनले यस्तो बताएका हुन् । 

‘भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको छ,’ उनले भने, ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो । उनीहरूले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए ।

‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरू भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि