जेठ ०६, २०८१, आइतबार
               

समाजावदीबाट निष्काशित गिरीले दायर गरिन् सर्वोच्चमा रिट

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं ।  समाजवादी पार्टी र प्रतिनिधिसभा सदस्यबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै गिरीले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् ।

उनले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्वलगायतलाई विपक्षी बनाइ पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भएको भन्दै रिट दायर गरेकी हुन् ।

संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।

पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् ।

पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको अवस्थामा उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

यो पनि