जेठ ०९, २०८१, बुधबार
               

‘प्रधानमन्त्रीसँग परामर्श गरेर संवाद छाडी निरीक्षणका लागि आएको हुँ’

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर नमान्दा हुने बताएका छन् । 

भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । 

साथै, उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए । 

पार्टीको आन्तिरक विवाद  चर्किरहेका बेला एकाएक उनी चितवन पुगेका हुन् । 

जबजब  अफ्ठ्यारोमा परिस्थिति आउँछ तबतब एकान्तमा बस्ने प्रचण्ड  नेकपामा विवाद चर्किरहेका बेला यो पटक आफ्नै क्षेत्र चितवन पुगेका हुन् । 

यस्तै,  दाहालले प्रधानमन्त्रीसँगको संवादलाई छाडेर आफू निरीक्षणका लागि आएको बताएका छन् । तर, उनले आफू पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेरै आफू निरीक्षणमा आएको बताए । 

यो पनि