असोज ०६, २०८१, आइतबार
               

डुबानप्रति सतर्क रहन प्रदेश १ र २ सरकारको निर्देशन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैं । भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोले क्षति भएका खबर आइरहेका बेला  प्रदेश १ र २ सरकारले डुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएका छन् । 

प्रदेश १ का आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्की र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शुक्रबार प्रदेश १ सरकार र प्रदेश २ सरकारले सुरक्षा निकायलाई  फरक-फरक सन्दर्भमा यस्तो निर्देशन दिएका हुन् । 

प्रदेश १ मा सम्भावित डुबानकाे जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएको एक स्रोतले जानकारी दियो । 

त्यसैगरी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि बाढीको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् ।

उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।

यसका साथै, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायले गरेको डुबानको पूर्वतयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराएका छन् । 


कस्तो लाग्यो ?

यो पनि