जेठ ०७, २०८१, सोमबार
               

सात दिनको लागि नेकपाकाे स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी ७ दिनको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अविरल वर्षाको कारण बिहीबार सिन्धुपाल्चोकमा भएको भीषण बाढी–पहिरोबाट भएको जनधन क्षतिलगायत देशका विभिन्न प्रदेश र जिल्लाहरुमा पनि भएको विपद्को दुःखद घडिलाई ध्यानमा राख्दै तत्काल बस्नुपर्ने बैठक स्थगित गरेको पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

केही दिन अघिदेखि मनसुन सुरु भएसँगै बाढी–पहिरोबाट देशका धेरै स्थानमा मानिसको ज्यान जानुका साथै धनमालको क्षेति भएको छ । यस विषम परिस्थितीमा सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिएको पनि उनले बताए । नेकपाभित्रै विवाद भएर यसभन्दा अघि पनि स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि