बैशाख ०७, २०८१, शुक्रबार
               

श्रेष्ठ भन्छन् : मैले भारतीय गुप्तचरसँग भेट गरेको छैन

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  नेकपाका प्रवक्ता, पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफूले भारतीय गुप्तचर पदाधिकारीसँग भेट नगरेको बताएका छन् । 

उनले बिहीबार ट्विट गर्दै यस्तो बताएका हुन्  ।

‘भारतीय गुप्तचर पदाधिकारी नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' उनको ट्विटमा भनिएको छ, ‘आए,नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर, मसगँ भेटेको भन्ने पूरै झुठ हो।खवरदार ।’

नेकपाभित्र आन्तिरक विवाद चर्किरहेकाक बेला भारतीय गुप्तचरसँग भेटघाट भएको भन्ने कुरा बाहिर आएपछि प्रवक्ता श्रेष्ठले एक ट्विटमाफर्फत सोप्रति आपत्ति जनाएका छन् । 

केही दिनदेखि नेकपामा आन्तिरक विवाद चर्किएको, र  प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई हटाउन भारत खुलेर लागेको र त्यसमा नेपालका नेता पनि संलग्न रहेको केही दिनपछि श्रेष्ठ र भारतीय गुप्तचरबीच भेटघाट भएको भन्ने समाचार बाहिर आएको हो । 

तर, प्रवक्ता श्रेष्ठले आफूले भारतीय गुप्तचरसँग  भेट गरेको कुरा प्रमाणित गरेर देखाउन चेतावनी दिएका छन् । 

 

यसभन्दा अघि प्रवक्ता श्रेष्ठले भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको भन्दै भारतीय मिडियाको आलोचना गरेका थिए । जसलगत्तै भारतीय मिडियामा भारतीय गुप्तचार र श्रेष्ठबीच भेटघाट भएको समाचार आएको हो । उनले भनेका थिए, ‘हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक क्ढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

 

यो पनि