जेठ ०३, २०८१, बिहीबार
               

भारतीय मिडियाको शैलीले दुई देशबीचको सम्बन्ध राम्रो गर्दैन : कमल थापा

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडियामा नेपालबारे आइरहेका सामग्रीले नेपाल-भारत सम्बन्धलाई असर पुर्‍याउने जनाएका छन् ।

सामाजिक सञ्जाल ट्‍वीटरमा ट्‍वीट गर्दै थापाले भारतीय मिडियामा नेपालका प्रधानमन्त्रीबारे गरिएको कटाक्ष र आक्षेपप्रति आपत्ति जनाएका हुन् ।

विगतमा ओलीकै नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका थापाले अहिलेको सरकारसँग आफ्नो धेरै असहमति रहेको पनि उल्लेख गरेका छन् । उनले परराष्ट्र मामिलाका कतिपय सन्दर्भमा पनि ओलीसँग आफ्नो असहमति रहे पनि त्यस्ता सामग्रीप्रति आपत्ति जनाएका छन् ।

थापाले आज बिहीबार नै अर्को ट्‍वीट गरी सिन्धुपाल्चोकमा गएको पहिरो पीडितलाई उद्धार तथा राहतका लागि सरकारसँग माग गरेका छन् । उनले उद्धारमा जुटन राप्रपाका कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि