बैशाख २९, २०८१, शनिबार
               

नेकपा अध्यक्षद्वयबीच पुन: छलफल सुरु

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

कठमाडाैं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । 

पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु हो ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद लागि सो छलफल सुरु भएको बताइएको छ । 

विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटकपटक कुराकानी हुँदै आएको छ । 

अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि