बैशाख २३, २०८१, आइतबार
               

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । 

काठमाडौं उपत्यकाका बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखल गरी सात स्थानमा प्रदर्शन भएको हो ।

आन्दोलनकारीहरुले ‘भारतीय दलाल होसियार’ र ‘आई एम विथ केपी ओली’ जस्ता नारा लगाएका थिए ।

सत्तारुढ नेकपामा सत्ता र शक्तिका लागि संघर्ष भइरहँदा बुधबार प्रधानमन्त्रीको समर्थन सो प्रदर्शन भएको हो । 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको समर्थनमा सहभागी हुन आह्वान गरिएको थियो । 

यसअघि नेकपा निकट युवा संघले माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा पनि उनीहरुले  विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै नारा लगाएका थिए । 

यसका अलवा केही दिनअघि प्रधानमन्त्रीको पक्षमा उपत्यकासहित देशका चार स्थानबाट एकैसाथ प्रदर्शन भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि