कात्तिक ३०, २०८१, शुक्रबार
               

खोकनावासीले वडा कार्यालयमा गरे तालाबन्दी

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । खोकनावासीले २१ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

प्रहरीले धान रोपाइँ बिथोलेको विरोधमा खोकनावासीले ललितपुर महानगरपालिकाको २१ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

शनिबार रोपाइँ गर्न खोज्दा प्रहरीसँग भएको भीडन्तमा केही स्थानीय घाइते भएका छन् । 

असार १५ र २० गते खुदोल फाँटमा सामूहिक धान रोपाइँका लागि गएका किसान र प्रहरीबीच भीडन्त भएको थियो ।

काठमाडौं तराई मधेश द्रुतमार्ग, १३२ केभी हाइटेन्सनलाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, काठमाडौं रेलवे, पेट्रोलियम भण्डारण, स्मार्ट सिटीजस्ता आयोजनाले खोकना र बुङमती सभ्यता समाप्त पार्न लागेको भन्दै स्थानीय विरोध गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि