जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशसभाद्वारा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

गण्डकी प्रदेशसभाले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ । 

गण्डकी प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरेको हो । 

बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भनी गरिएको सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । 

सो समितिमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल (जीवन), आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य सदस्य छन् । 


कस्तो लाग्यो ?

यो पनि