बैशाख २४, २०८१, सोमबार
               

झलनाथ खनाल र चिनियाँ राजदूतबीच एकघन्टा छलफल

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । 

राजदूत होउ यान्छीले बिहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै एकघन्टा भेटवार्ता गरेकी छन् ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला राजदूत होउ यान्छीको भेटवार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ । 

बिहान ९ बजे डल्लुस्थित खनाल निवासमा पुगेकी राजदूत यान्छीले समसामयिक विषयबस्तुमा छलफल गरेकी थिइन् ।

खनालको सचिवालयले दुई देशको आपसी हितका विषयमा खनाल र राजदूत यान्छीबीच कुराकानी भएको जनाएको छ । 

यसअघि आइतबार बेलुकी यान्छीले नेकपा वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेकी थिइन् ।

नेकपामा विवाद उत्कर्षमा पुगिरहेका बेला यान्छीको सक्रियतालाई अर्थपूर्णरुपमा लिइएको छ ।

यसअघि पनि राजदूतकै सक्रियताले नेकपाको विवाद मत्थर भएको अनुमान गरिएको थियो । 

यसअघि वैशाखमा विवाद उत्कर्षमा पुगेका बेला यान्छीले नेकपाका नेताहरुलाई भेटेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि