जेठ ०७, २०८१, सोमबार
               

ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गुटगत कार्यकर्ताबीच झडप भएको छ ।

पार्टी फुटको संघारमा पुगिरहेको बेला अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबीच सोमबार साँझ लम्कीचोकमा झडप भएको हो ।

प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको स्थलबाट प्रचण्डको नाम लिएर विरोध गरेपछि प्रचण्ड पक्षका कार्यकर्तासँग झडप भएको हो ।

ओली पक्षका कार्यकर्ताले भाषण गरिरहेको बेला प्रचण्ड पक्षका कार्यकर्ताहरू पनि सोही स्थानमा रहेका थिए । ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भनेपछि प्रचण्ड पक्षका कार्यकर्ताले ‘प्रचण्डको नाम किन लिएकाे भनेपछि  सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो । 


कस्तो लाग्यो ?

यो पनि