जेठ ०७, २०८१, सोमबार
               

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठक राख्न माग गर्दै केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टीलाई विधान र पद्धतिअनुसार चलाउन माग गर्दै उनीहरूले केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न मागसहित अस्ताक्षर अभिया चलाएका हुन् । 

स्राेतका अनुसार केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडालगायतले हस्ताक्षर अभियानको नेतृत्व लिएका छन् । 

नेकपाको विधानमा ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उल्लेख छ भने केन्द्रीय सदस्यमध्ये २५ प्रतिशतले बैठकको लिखित माग गरे बैठक राख्नुपर्ने  प्रावधान छ ।


कस्तो लाग्यो ?

यो पनि