जेठ ०७, २०८१, सोमबार
               

नेकपाको स्थायी कमिटी बैठक  २४ गतेसम्मको लागि स्थगित

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बस्न भनिएको सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठक  २४ गतेसम्मको लागि स्थगित भएको छ । यसबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले जानकारी दिए ।

केही दिन अघिबाट नेकपा पार्टीभित्रै राजनैतीक विवाद चुलिएर सतहमा पुगेपछि नेकपाको स्थायी कमिटी बैठक सरिरहेको छ । प्रधानमन्त्री ओलीलाई नेकपाबाटै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न पर्ने दवाव परेको छ ।

तर, ओलीले भने कुनै पनि पद नछाड्ने अडान लिँदै आएका छन् । अर्का पार्टी अध्यक्ष पुश्पकमल दाहाल (प्रचण्ड) र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल एकजुट भएर ओलीलाई दवाव दिइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि