काठमाडौं । ६३ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयमा सरुवा गरेको जनाएको छ ।
वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा पठाएको मन्त्रालयले जनाएको छ । राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई विभिन्न कार्यालयहरूमा खटाइएको मन्त्रालयको भनाइ छ । यही असार १९ गतेको मन्त्रीस्तरीय निर्णय मन्त्रालयले सार्वजनिक गरेको छ ।