बैशाख २०, २०८१, बिहीबार
               

नेकपा विवाद : शीर्ष नेताका मध्यस्थता दोस्रो तहका नेताहरू
फुक्ला त गाँठो ?

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

प्रायः सबै राजनीतिक दलमा शीर्ष नेताहरूबीच देखिने असमझदारी हटाउने भूमिकामा केही नेता अघि सरिरहेका हुन्छन् । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि त्यस्तै देखिएको छ । 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झनलाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्रीको दुवै पदबाट राजीनामा मागेका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउन राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने सङ्केत गरेका छन् । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको छ । उता राजीनामा गर्न दबाब बढाउँदै गएका नेतााहरू पनि  मत्थर हुने देखिँदैनन् ।

नेपाका शीर्ष नेतृत्वको शक्ति सङ्घर्ष समाधानको लागि दुई अध्यक्ष ओली र प्रचण्डबिच ‘वान टु वान’ देखि सामूहिक छलफल समेत हुँदै आएको छ । तर दुवै टसमस भएका छैनन् । ओलीलाई नहटाई नहुने पक्षमा प्रचण्ड-नेपाल छन् । उता ओली पद नछाड्ने बरु पार्टी फुटाउने अडानमा देखिन्छन् ।

शीर्ष नेताहरूबीच कुरा नमिलेपछि ‘पार्टी एकता जोगाउन भन्दै’ पार्टीका दोस्रो नेताहरू नेताहरू क्रियाशील भएका छन् । ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शङ्कर पोखरेल, जनार्दन शर्मा दुवै अध्यक्षसँगको छलफलमा तथा उनीहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
पछिल्लो पटक आइतबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँगै उनीहरू पनि सहभागी थिए । डेढ घण्टा दुई अध्यक्ष बैठकमा बसे । पछि उनीहरू निस्किए पनि दोस्रो तहका ५ मध्यमार्गी नेताहरू छलफलमै थिए । यससँगै सुवास नेम्वाङले पनि ओलीको निकट रहेर छलफल परामर्श गर्दै आएका छन् । 

ओली र प्रचण्डबीचको छलफल अझै मिलेको छैन । दुई पक्षबीच कुनै एक पटक यु टर्न नभए पार्टी विभाजन उन्मुख बनिसकेको छ । यस्तो अवस्थामा दोस्रो तहका नेताहरूको क्रियाशीलता बढेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट मानिने केही नेताहरू अहिले औपचारिक/अनौपचारिक छलफलमा व्यस्त छन् ।

नेताहरू भन्छन् ‘पार्टी स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि शीर्ष तहमा विवाद चुलिएको छ, विवाद मत्थर पार्ने प्रयास स्वरूप मध्यमार्गी भूमिकामा दोस्रो तहका नेताहरू लागेका छन् ।’ 

शीर्ष नेताबीच पार्टीदेखि सरकार सञ्चालनसम्मको विषयमा विवाद किन नहोस्, त्यसलाई मिलाउनका निम्ति मध्यमार्गी नेताहरूको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । उनीहरूले भने यस्तो भूमिकालाई ‘पार्टीभित्रकै एउटा जिम्मेवारी’को रूपमा लिएका छन् ।

‘सहमतिको कोसिस गर्नकै लागि अध्यक्षहरूबीच पटक पटक छलफल भइरहेको छ, सहमतिमै स्थायी कमिटी बैठक स्थगित गरिएको छ, पार्टी एकता हामी सबैका लागि प्यारो छ,’ सुवास नेम्वाङ भन्छन् ‘पार्टी एकताको रक्षाका लागि हदैसम्म लचिलो भएर म सहितका नेताहरूले गृहकार्यको अगाडि बढाइएको छौँ ।’

आइतबारको निर्णयक भनिएको दुई पक्षबीचको बैठक विनानिश्कर्ष सकिएको छ । सोमबार स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकअघि दुवै जना अध्यक्ष बस्ने निर्णय छ । दुई अध्यक्ष बैठकमा बस्नुअघि नै मध्यकर्ता गरिरहेका नेताहरू पटक पटक छलफलमै हुनेछन् । स्थायी कमिटी सदस्य जनार्दन भन्छन् ‘सोमबार दुई अध्यक्षबिच पुन छलफल गर्दै सहमति खोज्ने प्रयास हुनेछ, त्यसअघि हामी केही सहमतिको विन्दु पहिल्याउने कोसिसमा हुनेछौ ।’ 


कस्तो लाग्यो ?

यो पनि