जेठ ०७, २०८१, सोमबार
               

ओली-दाहालबीच निर्णायक भनिएको वार्ता सुरु

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

काठमाडौ‌ं – पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा निर्णायक मानिएको वार्ता सुरु भएको छ ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका हुन् । केहीबेरअघि देखि ओली र दाहालबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

छलफलमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् ।

दुवै अध्यक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ ।

शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ–आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि