जेठ ०७, २०८१, सोमबार
               

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने - 'पार्टी एक नरहन पनि सक्छ, कता लाग्ने हो कित्ता क्लियर गर्नू'

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बाुलाटारमा बाेलाएर पार्टी फुटको संघारमा पुगेको बताएका छन् । 

एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरुसँगको भेटवार्तामा भने -‘पार्टी विभाजन होला जस्तो छ । तपाईंहरू कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’ 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्षमा पुगेका बेला आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुलाई शनिबार साँझ बालुवाटारमा बोलाएर उनले अब जेसुकै निर्णय हुन सक्ने बताएका हुन् । पार्टीमा देखिएको पछिल्लो विवादबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको भन्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले एकता गम्भीर मोडमा पुगेको कुरा राख्नुभयो । आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको, अहिले आफूलाई घेराबन्दीमा पारेको उहाँको भनाइ थियो ।’

उनले स्थायी कमिटीबाट दबाब आउँदैमा आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्ने पनि स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि