कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण नियन्त्रणका लागि भएको खर्च सार्वजनिक

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रदेश १ सरकारले काेरोना राेकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । 

प्रदेश १ सरकारले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो विवरण सार्वजनिक गरेको हो  ।

प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च भएको जनाएको छ  ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुखसचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार खर्च भएको बताए । 

‘मन्त्रालयको नियमित बजेटबाट चार करोड ८१ लाख १८ हजार र नेपाल सरकारबाट प्राप्त भएको २ करोड ७० लाख रुपैयाँ खर्च भयो,’ उनले भने । 

त्यसैगरी, उनले निकासा भएको रकममध्ये प्रदेश १ को सामाजिक विकास मन्त्रालयले करिब १० करोड रुपैयाँ खर्च गरेको पनि जानकारी दिए । 

त्यसका लागि आइसोलेसन अस्पताल स्थापना सञ्चालन तथा व्यवस्थापन, स्वास्थ्य उपकरण खरिदमा सो रकम खर्च भएको उनले बताए । 

यसका अलवा उनले कोरोना परीक्षण, उपचार व्यवस्था, संक्रमित तथा स्वास्थ्यकर्मीको खाना, खाजालगायत शीर्षकमा जम्मा ९ करोड ९० लाख ८९ हजार खर्च भएको बताए । 

मन्त्रालयले खर्च गरेको रकममध्ये कोरोना जनसुरक्षा कोषबाट २ करोड ४८ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट चार करोड ८१ लाख १८ हजार  सात सय २० र नेपाल सरकारबाट प्राप्त रकम २ करोड ७० लाख रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भट्टराईले बताए ।


कस्तो लाग्यो ?

यो पनि