जेठ ०७, २०८१, सोमबार
               

नेकपा कार्यालयमा धर्ना

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य धर्नामा बसेका छन् ।  

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्षस्थ नेता एकातर्फ र पार्टी अध्यक्ष  तथा प्रधानमन्त्री एकातर्फ भई ध्रुवीकरण  बढिरहेका बेला नेकपाका केही केन्द्रीय सदस्य पार्टी कार्यालय धुम्बारहीमा धर्नामा बसेका हुन् । 

२० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि पार्टी धर्नामा बसेका छन् । 

कम्युनिस्ट पार्टीको नीति प्रधान हो नेता प्रधान होइन, समस्याको समाधानन पार्टी विधानभित्रैबाट खोज, पार्टी एकता बलियो बनाऊजस्ता नारा लेखेका प्लेकार्ड बोकेर उनीहरु धर्नामा छन् । 

धर्नामा सहभागी भएकाहरुले पार्टी बिग्रहको नजिक पुगेकाले सो नहोस् भनी खबरदारीका लागि यसो गरेको बताएका छन् । 

विगत केही दिनदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीविरुद्ध आवाज बुलन्द भइरहेका बेला एक्कासी मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन लिएसँगै नेकपामा शक्ति संघर्ष जारी छ । 

बिहीबार राष्ट्रपतिसँग भेट गरेर बालुवाटार फर्केलगतै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेसँगै अर्का अध्यक्ष दाहाल पनि राष्ट्रपति कहाँ गई लामो समय छलफल गरेका छन् । छलफलमा उनले हतारोमा कुनै पनि विधेयक प्रमाणीकरण नगर्न आग्रह गरेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि