जेठ ०५, २०८१, शनिबार
               

संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक भएको बताएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखी बिहीबार ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य भएको निर्णय गरेकै दिन कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुष्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक र दुःखद भएको बताएका छन् । 

सो विज्ञप्तिमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया भएको उल्लेख गर्दै  सरकारले त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरेको उल्लेख छ । ‘जुन कार्य दुःखद हो,’ सो विज्ञप्तिमा भनिएको छ । 

यसका अलवा विज्ञप्तिमा सो विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग कुनै छलफल र पूर्वसूचनासमेत नदिएको उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि