बैशाख १८, २०८१, मंगलबार
               

मन्त्रिपरिषदको निर्णयप्रति जसपाका नेता महताेको असन्तुष्टि

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

जनता पार्टीका नेता राजेन्द्र महतोले मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएका छन् । 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाँकी चलिरहेको बर्खे अधिवेशन अन्त्य गरेपछि उनले आपत्ति जनाएका हुन् । 

‘यो अधिकारको दुरुपयोग हो,’ उनले भने, ‘जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था स्थगन गरेर जनताको आवाज बन्द गर्न खोजिएको हो ।’

यसका अलवा सरकार निरंकुशतातर्फ गइरहेको आरोप पनि लगाए । 

‘संसदको समाना गर्न नसकेर प्रधानमन्त्रीमा संसद अधिवेशन अन्त्य गराउनुभयो । अब जे गरे पनि भैगो । कानुनका लागि अध्यादेश ल्याउन पाइने भयो । यो निरंकुशतातर्फको बाटो हो । जनताको आवाज दबाउने र जे मन लाग्यो त्यही गर्नु खोज्ने कुरा स्वीकार्य हुँदैन ।’

तर, उनले संसद अधिवेशन अन्त्य गरे सरकार जोगाउने खोजे पनि जनताको आवाज भने दबाउन नसक्ने बताए । 

उनले विगतमा जनताको आवाजले नै निरंकुश शासकलाई जनताले फालेको स्मरण गर्दै भने, ‘निरंकुश शासन चल्दैन ।' 

संसदमा नागरिकतालगायत महत्वपूर्ण विषय दर्ता भएको अवस्थामा संसद् अधिवेशन अन्त्य भएको निर्णय गर्नुलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । 

यो पनि