जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी पुन: सुरु

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

नेकपा स्थायी कमिटी बिहीबार पुन: सुरु भएकाे छ ।

स्थायी कमिटी बैठक जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकी आजैबाट संसद अधिवेशन अन्त्य भएको निर्णय गरेसँगै राोकिएको साे बैठक पुन: सुरु भएको हाे । 

पुन: सुरु बैठकमा नेकपाका अध्यक्षले आफ्नो धारणा राख्ने क्रम जारी रहेको साे बैठकमा उपस्थित नेताले बताए । 

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच केहीबेर छलफल भएको थियो । 

दुई अध्यक्षबीच केहीबेर कुराकानी भए पनि कुरा मिल्न नसकेपछि अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

अहिले बसिरहेकाे सो बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नभएकाे बताइएको छ । 

यो पनि