जेठ ०६, २०८१, आइतबार
               

सार्वजनिक महत्वका विषय दर्ता भइरहँदा संसद अधिवेशन अन्त्य हुनु अस्वाभाविक : कांग्रेस

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि चालू वर्षे अधिवेशन अन्त्य गरेसँगै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपाको आन्तरिक खिचातानीले संसद विघटन हुनु दुःखद भएको बताएका हुन् ।

उनले भने, ‘जनतासँग जोडिएका विषय र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्वका प्रस्ताव र ध्यानाकर्षण प्रस्ताव सदनमा दर्ता भइरहेको अवस्थामा संसद् अन्त्यको घोषणा खेदजनक छ ।’  

यसका अलवा उनले सरकारले समेत विभिन्न विधेयक टेवल गरेर प्रक्रिया अघि बढाइएको अवस्था र जनसरोकारका विषय जनप्रतिनिधिले संसदमै उठाउँदा सरकारलाई दबाब पनि हुने अवस्थामा सदन अन्त्य गरिनु अस्वाभाविक भएको पनि बताए ।  

मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गरेकोमा सत्तारुढ दलकै शीर्षस्थ नेता असन्तुष्ट छन् ।  

सत्तारुढ नेकपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउने तयारी भइरहेका बेला ओलीले संसद विघटना गरेका हुन् ।  

अघिल्लो बुधबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा ओलीको आलोचना भइरहेका बेला मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन अन्त्य भएको घोषणा गरेको हो ।  

नेकपामा उनी शीर्षस्थ नेता उनीविरुद्ध एक ठाउँमा उभिएका छन् ।  बिहीबार बसेको बैठकले सो अधिवेशन बिहीबार ५ बजेदेखि लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन् ।  मन्त्रिपरिषद्ले गरेको सो निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।  


कस्तो लाग्यो ?

यो पनि