काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् ।
शीतल निवासका अनुसार, राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट नियमित हो ।
आज (बिहीबार) मध्यान्ह १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
पार्टीभित्र राजीनामाका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
यसैबीच, आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने र विधेयकका बारेमा समेत छलफल हुने बताइएको छ ।
गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।