जेठ ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद बैठक बस्दै

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।  मध्याह्न १२ बजेपछि बैठक बस्न लागेको हो ।

पार्टीभित्र राजीनामाका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

एक मन्त्रीका अनुसार, अहिले तत्काल बैठक बस्ने भनी खबर आएको छ । मन्त्रिपरिषद बैठक स्थायी कमिटी बैठकको समयसँग जुधेको छ ।

स्थायी कमिटी बैठक जारी रहँदा बैठकमा बोल्ने अधिकांश नेताले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएपछि उनी तीब्र दबाबबीच निरन्तर राजनीतिक परामर्शमा छन् ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट मन्त्री, सांसद तथा अन्य नेताहरुसँग सुझाव मागेका थिए।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

उता, प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायत नेताहरुले पनि छलफल तीब्र पारेका छन्।

बिहीबार बिहान आफूनिकटका मन्त्री, सल्लाहकारहरुलाई खुमलटार पठाएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक राखेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि