जेठ ०७, २०८१, सोमबार
               

निर्वाचन आयोगले भन्यो ‘नेकपा एमाले दर्ता गर्न निवेदन परेको छ'

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार मात्रै सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा यस विषयमा ठूलै लफडा परेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमाले दर्ता गराएको भन्दै अनुसन्धान गर्न माग गरेपछि यो विषय चर्चामा आएको छ ।

‘नेकपा एमाले नामबाट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ, निवेदनउपर आयोगबाट कारबाही प्रक्रिया अघि बढेको छ’, आयोगका प्रवक्ता श्रेष्ठले भने । सन्ध्या तिवारी अध्यक्ष रहने गरी निवेदन आएकोे श्रेष्ठको भनाइ छ । उचित प्रक्रिया पुरा भएपछि दल दर्ता हुने जनाइएको छ ।

नेकपा एमाले पार्टी प्रधानमन्त्री  ओलीको निर्देशनमा दर्ता भएको उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा मंगलबार धारणा राखेका गौतमले सो आरोप लगाएका हुन् । ‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमलाई उद्धृत गर्दै एक नेताले भने, ‘अहिले यस्तो काम गर्ने बेला होइन ।’ 


कस्तो लाग्यो ?

यो पनि