जेठ ०७, २०८१, सोमबार
               

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडाैं । निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको छ । 

बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब परिरहेका बेला मंगलबार निर्वाचन अयोगमा यस्तो निवेदन दर्ता परेको हो ।

प्रतिनिधिसभाको चुनाव हुुनअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भई अढाइ वर्ष लामो सहकार्यपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि दुवै पद छाड्न दबाब परिरहेका बेला निर्वाचन आयोगमा पूर्व एमाले दर्ताका लागि निवेदन पर्नुलाई महत्वका साथ हेरिएको छ ।        

सो विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा पनि छलफल भएको बताइएको छ । पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले पनि मंगलबारको बैठकमा सोबारे छलफल भएको जानकारी दिए । 

उनले भने, ‘बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न प्रधानमन्त्रीलाई गर्नुभयो,’ उनले भने, ‘सोको जवाफमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिनुभयो ।’

निर्वाचन आयोगमा सन्ध्या तिवारीले सो पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् । 

यो पनि