जेठ ०७, २०८१, सोमबार
               

'प्रधानमन्त्रीलाई कसले हटाउन खोज्यो, प्रमाण चाहियो'

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक बालुवाटारमा जारी छ । जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । 

मंगलबारको स्थायी समितिको बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई हटाउन खोजेको भन्दै अभिव्यक्तिको प्रमाण दिन माग गरेका हुन् ।

‘भारतले सरकार ढाल्न खोज्यो भन्ने अभिव्यक्ति दिएर मात्रै हुँदैन प्रमाण पनि दिनुपर्‍यो। दुतावास सक्रिय भयो वा अरु कोही यसको प्रमाण चाहियो। आधारहिन टिप्पणी किन गर्नुभयो?,’ चार  शीर्ष नेताको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने।

आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफुलाई पदबाट हटाउन भारत र नेपालका शक्ति लागिपरेको बताएका थिए । लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नयाँ नक्सा जारी भएपछि आफुलाई हटाउन खोजिएको ओलीको भनाइ थियो।

गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकको आज चाैथाे दिनकाे बैठक चलिरहेकाे हो । यसअघि गत शुक्रबारको बैठकमा ओली अनुपस्थित् भएका थिए भने शनिबारको बैठकमा १५ मिनेटमात्रै सहभागी भएर बाहिरिएका थिए । प्रधानमन्त्री ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेर बाहिरिएका छन् । उनले शीर्ष ४ जनाकाे धैर्यपूर्वक सुनेर बाहिरिएकाे बुझिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि