असोज ०६, २०८१, आइतबार
               

टोलटोलमा सिंहदरबार, तर निरिह छन् विराटनगर महानगरपालिका दक्षिण क्षेत्रका बासिन्दा

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । जनताको घरमै सिंहदरबार पुग्यो । लगभग घरैपिच्छे जनप्रतिनिधि छन् । तर, यतिखेर मोरङको दक्षिणी क्षेत्रका स्थानीय भने अहिले गाउँमै सिंहदरबार र घरैपिच्छे जनप्रतिनिधि भएको महसुस गरिरहेका छैनन् । 

विराटनगर महानगरापालिकाको दक्षिण क्षेत्र डुबानमा परी पीडामा रहेका उनीहरुलाई कुनै पनि सरकारले राहतको अनुभूत दिन नसक्दा उनीहरु राज्यविहीनजस्तै बनेका छन् । 

अहिले उनीहरु भारतले भारतले अघोषित ड्याम बनाएपछि वर्षाको पानीले निकास नपाउँदा सो क्षेत्र डुबान परेको छ । 

विगतमा सो ड्याम क्षेत्र बनउँदा टोलमै आएका सिंहदरबार र प्रदेश सरकारसमक्ष जानकारी पुर्‍याउँदा कुनै पनि सरकारले सुनेको नसुनै गरेपछि उनीहरु अहिले निरिह भई समस्या भोग्न बाध्य छन् । 

भारतले आईसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बाधेको, तर निकासाका लागि कुनै पनि नाला नराख्दा सो डुबान भएको हो । 
पटकपटक सरकारलाई जानकारी गराउँदा पनि सरकार मौन बसेको उनीहरु बताउँछन् । 

सो क्षेत्रका एक पीडितल निर्माण गर्दै गर्दा महानगर, जिप्रकालाई भने पनि कसैले नसुनेका कारण आफूहरुले अहिले डुवानको मार भोग्नुपरेको बताए । 

तर, महानगरपालिकाका मेयर भनेले आफूले संघीय सरकारलाई सो कुरा जानकारी गराए पनि संघीय सरकारले बेवास्था गरेको आरोप लगाए । 

‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘ हामीले निकासका लागि पुल बनाउन भन्दैछौँ, संघीय सरकारले पहल पनि गरेको छैन ।’

मेयरले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको बताउँदै डुवानको समस्या समाधानका यस क्षेत्रमा पुल निर्माण गरिदिन माग गरेका छन् । 

उनले भने, ‘आईसीपी क्षेत्रमा पुल नबनाएसम्म डुवानको समस्या सामधान हुँदैन ।’

त्यसैगरी मोरङका जिप्रअले पनि केन्द्रमा जानकारी गराएको बताएका छन् ।
 

यो पनि