जेठ ०१, २०८१, मंगलबार
               

परराष्ट्रमन्त्री भन्छन् : 'चीनले नेपालको सिमाना मिचेको प्रतिवेदन बन्ने कारखानाको खोजी भइरहेको छ'

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालकाे सीमाना  मिचेको भन्ने कुराकाे खोजी भइरहेको बताएका छन् ।

नेपाल भारत सीमा विवादले नेपाली राजनीति तातिरहेका बेला एक्कासि चीनले पनि नेपालको भूमि मिचेको भन्ने प्रतिवेन सार्वजनिक भएपछि मन्त्रीले सोमबार राष्ट्रियसभा बैठकमा यस्ताे बताएका हुन् । 

केही दिनअघि परराष्ट्रमन्त्रीले विज्ञप्ति जारी गर्दै चीनसँग सीमामा हराएका भनिएका सीमा नम्बर ३७ र ३८ भाैगोलिक विकटताका कारण दुवै देशको सहमतिमा नराखिएको बताएका थिए । 

बैठकमा विशेष समय लिएर उनले भने, ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रतिवेदन कुन कारखानामा तयार भयो खोजी गर्दैछौँ ।’

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विषय समय लिएर परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन पनि गरेका छन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।

यसका अलवा उनले गोरखाको रुईगाउँमा चीनले भूमि अतिक्रमण गरेको भन्ने कुरालाई पनि खण्डन गरेका छन्।

‘दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै उनले भने, ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे,' उनले भने,  ‘त्यहाँ जबरजस्ती भएको होइन।’

साथै,  उनले विसं २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको बताए । उनले भने, ‘निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन ।’

त्यसैगरी उनले  नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी रहेको बताए । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी रहेको बताए ।

‘यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या छैन’ मन्त्री ज्ञवालीले भने । 
 

यो पनि