बैशाख २२, २०८१, शनिबार
               

फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान ९ः३० बजेदेखि फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक बस्दै छ । शनिबारदेखि नेपालमा प्रवेश गरेको उक्त सलह किरा नियन्त्रणको लागि योजना बनाउन आज विज्ञहरुको बैठक बसेको हो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बसेको हो । 

भारतदेखि बारा र सर्लाही हुँदै नेपालमा आएको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबारसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ ।

यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ । उक्त विवरण गत २३ गते जेठमा सार्वजनिक गरिएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा जनाइएको थियो ।

त्यपछि सलह किराको बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिको निष्कर्ष आएको थियो । तर, रिपोर्ट सार्वजनिक भएको २० दिनपछि नेपालमा सलह किरा भेटिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि