जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंगलबारसम्मकाे लागि स्थगित भएकाे छ । 

बिहीबारदेखि जारी बैठक ३ दिनसम्म चलेकाे थियो । शनिबारकाे बैठकमा सीमा समस्यााे विषयमा छलफल भएको थियो । शनिबारको बैठकमा दुईजना सचिवालय सदस्यसहित २१ जनाले बोलेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

गत असार १० गतेदेखि सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो धारणा राखेका थिए भने दोस्रो दिन १२ असारमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि