बैशाख २७, २०८१, बिहीबार
               

निजी क्षेत्र हेर्ने गरी आएको अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । निजी क्षेत्र हेर्ने गरी आएको अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने भएको छ । 

निजी क्षेत्रको छानबिन गर्ने अधिकार अख्तियारलाई दिने व्यवस्थाप्रति निजी क्षेत्रलगायतको घोर आपत्ति भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उक्त विधेयक अघि नबढाउने निर्णय गरेपछि यथावत रहेको हो । 

यसका साथै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अख्तियारलाई अर्को सत्ता बनाउने गरी सो विधेयक राष्ट्रिय सभामा पेस गरेको भन्दै विरोध जनाएका थिए । 

प्रतिवेदन आए जसरी नै विधेयक पास भए यसले दुरुगामी असर पर्ने नेताहरुको तर्क छ ।

निजी क्षेत्रका नियमनकारी निकाय थुप्रै हुँदाहुँदै अख्तियारलाई समेत अधिकार दिन खोजिएको भन्दै निजी क्षेत्रले आपत्ति जनाउँदै आएका थिए । 

यो पनि