जेठ ०७, २०८१, सोमबार
               

नेकपा अध्यक्षद्वयबीच मन माझामाझको प्रयास

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन माझामाझ भएको छ । 

बुधबार भएको नेकपा स्थायी कमिटीमा दुई नेताबीच मन माझामाझ भएको हो । 

दुई अध्यक्षले मात्र संबोधन गरी सम्पन्न भएको सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी एकताको आधार बनाएका सम्झौता कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन् । 

साथै, उनले सो कार्यान्वयन नहुँदा एकआपसमा शंकाउपशंका बढ्दै गएको पनि बताए । 

पार्टी सञ्चालन र सरकारबारे निकै बहस गर्ने प्रचण्ड केही दिनदेखि मौन रहेका प्रचण्डले बुधबारको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग गुनासो गरेका हुन् । 

बुधबारको बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरेता पनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको  प्रचण्डले बताए । 

‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने,’ प्रचण्डले भने । 

यसका अलवा दाहालले प्रधानमन्त्री ओलीमा अहंकार बढ्दै गएको टिप्पणी पनि गरेका छन् । 

सरकार र पार्टीलाई केही फाइदा  हुने आसमा आफूले छाडेको, तर त्यसले प्रधानमन्त्रीमा अहंकार बढेको उनले बताएको एक स्रोतले बतायो ।

प्रचण्डले संघर्षको बाटो रोज्दा पार्टी फुट्ने बताउँदै कुनै हालतमा त्यो बाटो रोज्न नहुने बताएको सो स्रोतले बतायो । 

यसका अलवा उनले प्रधानमन्त्रीलाई सच्चिनका लागि सुझाव दिएको पनि बताइएको छ । 

विगतमा सरकार र पार्टी सञ्चालनबारे निकै बहस गर्ने प्रचण्डले गुनासो गरेपछि प्रधानमन्त्री ओलीले पनि आफूबाट कमजोरी भएको बताउँदै आगामी दिनमा तिनलाई सच्याउने प्रतिबद्धता जाहेर गरेका छन् । 

प्रचण्डको गुनासोलाई संबोधन गर्दै बैठकमा अ‍ोलीले भने, ‘प्रधानमन्त्री ओलीले सरकारबाट राम्रै कामहरु भइरहेका छन् । केही कमीकमजोरीहरु भए त्यसलाई स्वीकार्छु ।’

ओलीले पार्टी र सरकारसामु चुनौती रहेको बताउँदै त्यसको समाना गर्न सबै एकजुट हुनु सबैलाई आग्रह गरेका छन् । 

यसका अलवा उनले  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको पनि उनले स्वीकारे । 

साथै, उनले पनि अर्का अध्यक्ष दाहालकै झै महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचालेको गुनासो गरेका छन् । 

बैठकमा ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । जुन अनुशासनहीन काम हो ।'

उनले वैशाख दोस्रो साता राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको अध्यादेशको भने बचाउ गरेका छन् । 

सो विधेयकलाई उनले आफूले गलत काम गरेको नभई  साथीहरुले भनेका कारण फिर्ता लिएको बताएका छन् । 

उनले भने, ‘नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छु भन्ने भ्रम नपाल्नसमेत नेताहरुलाई आग्रह गरेको एक उच्च स्रोतले बतायो । 

साथै, प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा जोड दिए । 

दुई अध्यक्षले संबोधन गरी सम्पन्न भएको स्थायी कमिटीको शुक्रबार पुनः बस्ने गरी टुंगिएको छ । 

तर, बैठकमा निकै चर्चित एमसीसीबारे भने केही कुरा नउठेको एक नेताले बताए ।

यो पनि