बैशाख २१, २०८१, शुक्रबार
               

शीर्ष नेताहरुलाई शीतल निवासमा राष्ट्रपतिको निम्तो

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीहरु तथा प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति कार्यालयमा बोलाएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज (बुधबार) पूर्व प्रधानमन्त्रीहरु तथा नेताहरुलाई 'परामर्शका लागि' भन्दै शीतल निवास (राष्ट्रपति कार्यालय) मा बोलाएकी हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, कृष्ण प्रसाद सिटौला, उपेन्द्र यादव, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ  लगायतका नेताहरुलाई राष्ट्रपति कार्यालयमा बोलाइएको हो ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग बेलुका पाँच बजेपछि छलफल गर्ने तयारी गरेकी हुन् ।

राष्ट्रपति र मन्त्रीहरुबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एमसीसीलाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबीच पनि विवाद रहेको बेला राष्ट्रपतिले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि