बैशाख १७, २०८१, सोमबार
               

नागरिकताको विषय राष्ट्रियतासँग जोड्न खोजियो :  महत्तो

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडाैं । जसपाका नेता राजेन्द्र महतोले नेकपाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव अघि सारेर राष्ट्रियतासँग जोड्ने प्रयत्न गरेको बताएका छन् । 

वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्दै उनले वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ? गरेको छैन भने केका लागि जनता र उनीहरुको सम्बन्धलाई दण्डित गर्न खोजिएको हो प्रशन् गरेका छन् ।  

साथै, उनले यो कार्यले जनस्तरको सम्बन्ध टुटाउने बताउँदै उनले नेकपाको यो निर्णय संविधानको मर्मविपरीत भएको बताएका छन् । 

नेकपाले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नेपाली नागरिकता प्रदान गर्ने, तर सात वर्ष पुग्नुअघिसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमतिपत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।

किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको भन्दै आपत्ति जनाए । 

यो पनि