बैशाख २७, २०८१, बिहीबार
               

नेकपाको निर्णयविरुद्ध प्रदेश २ मा विरोध

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रदेश २मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोध भएको छ ।

 नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि सोको विरोधमा प्रदेश २ मा नेकपाविरुद्ध  विरोध भएको हो । 

शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीले नेकपाको यो निर्णय महिला र मधेशविरोधी भएको निष्कर्ष निकालेकाे छ । 

यसका अलवा जसपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको  आरोप लगाएको छ ।

जसपाले  नेकपाले महिला विरोधी र मधेशीलाई लक्षित गरेर निर्णय गरेको बताएको छ । ‘यो निर्णय सुधार गराउन प्रदेश सभाबाट प्रस्ताव पारित गराउनु जरुरी छ,’ जसपाले भनेको छ । 

भारतको बिहार र उत्तर प्रदेशबाट २६ लाख महिला विवाह गरेर आएको र यताका हजारौं हजार महिला भारततर्फ विवाह गरेर गएको बताउँदै जसपाले भारतलाई लक्षित गरेर यो कानुन बनाउन लागिएको  बताएको छ । 

‘यो हाम्रो वैवाहिक र सांस्कृति सम्बन्धलाई उजाड्ने योजना मात्रै हो,’ जसपाले भन्यो, ‘सीता युगभन्दा पहिलादेखिको नेपाल भारतबीचको सम्बन्धलाई जोगाउनु जरुरी छ ।’

नेकपाको सो निर्णयकाे प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले  ( प्रदेश २ ) ले पनि  नेकपाको विरोध गरेको छ । 

प्रदेश २ को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउन माग गरेको छ । 

‘यो निर्णय रोकाउन यहाँबाट केके पहल थाल्नुपर्छ, थालिहालौँ,’ उसले भन्यो । 


कस्तो लाग्यो ?

यो पनि