जेठ ०४, २०८१, शुक्रबार
               

चिनियाँ कम्युनिस्ट पार्टीसँगकाे भिडियो कन्फरेन्समा प्रचण्डले भने : संविधानसँग बाझिने विदेशी सहायता स्वीकार्दैनाैँ

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने सहयोग नेपाललाई स्वीकार्य नभएको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको भिडियो कार्यशालामा दाहालले यस्तो बताएका हुन् । 

नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध भएको बताउँदै उनले नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोग मात्रै स्वागत गर्ने बताए । 

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर नेकपाभित्र विवाद भैरहेका बेला  दाहालको यस्तो अभिव्यक्ति आएको हो । 

यो विषयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली  जसरी पनि एमसीसी पास गर्ने भनी लागिरहेका बेला उनको यो अभिव्यक्तिलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । 

त्यस्तै, उनले सीमाको विषयमा पनि मुख खोलेका छन् । तर, उनले सो कन्फरेन्समा भारतको भने नाम लिएनन् । 

साथै, उनले नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताएका छन् । 

‘द्विपक्षीय विषय संवादबाट समाधान गर्न सकिन्छ,’ उनले सो कन्फरेन्समा भने, ‘मित्र राष्ट्रहरूसँग भएका द्विपक्षीय विवादित विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ ।’

तर, उनले ती विषय वार्ता र संवाद सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै हुन सक्ने बताए । 
यसका अलवा उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । 

यो पनि