जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् संविधान संशोधन विधेयक प्रमाणीकरण

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गरेसँगै लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूमिसहितको नक्साले वैधानिकता पाएको छ । 

प्रतिनिधिसभाले जेठ ३१ गते लिम्पियाधुरा, कालापानीसहितको भूमि नेपालको नक्सामा गाभ्ने भनी संविधान संशोधन विधेयक २०७७ पारित गरेको थियो । 

प्रतिनिधिसभाबाट आएको सो संविधान संशोधनको विधेयक बिहीबार राष्ट्रिय सभाले पनि परित गरेको छ । 

राष्ट्रिय सभाले पारित गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । 

यो पनि