जेठ ०२, २०८१, बुधबार
               

दश अर्ब स्थानीय तहमा क्वारेन्टाइनमा बसेकालाई खुवाउँदा सकियो : प्रधानमन्त्री

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दश अर्बको जवाफ दिएका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सो रकम तल पठाएको बताएका हुन् । 

‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो,' उनले भने ।’

साथै, उनले सो रकम स्थानीय निकायले क्वारेन्टाइन बनाएको र सो क्वारेन्टाइनमा बसेकाहरुलाई खुवाउँदा खर्च भएको बताए । 

खर्च भएको दश अर्बको हिसाब केहीलाई चाहिएको बताउँदै उनले सो रकमको हिसाबकिताब महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने जवाफ दिए । 

सबै खर्चको विवरण संसदमा प्रस्तुत गर्ने बताउँदै सो रकमको हिसाब महालेखा परीक्षकको वर्षिक प्रतिवेदनमार्फत सदनमा आउने उनले बताए । 

‘त्यसमा अनियमितता गरियो भने अनुगमन गर्ने विभिन्न निकाय छन् । यस्तो ठान्न भएन कि मबाहेक सबै भ्रष्ट छन्,’ उनले भने, ‘यस्तो ठान्न भएन कि यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्न ।’ 

उनले बैठकमा उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दोहोर्‍याए । सोको हिसाब मसिनो गरी आलेप, मलेपले राख्ने बताउँदै उनले सोको प्रतिवेदन संसदमा आउने बताए । 

‘रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउँछन्,’ उनले भने । 

काममा लागिरहेका बेला कसैलाई खर्चको हिसाब चाहिएको बताउँदै उनले काममा ध्यान नदिएको बताए । 

‘कामप्रतिको प्रसंसा छैन हिसाबकिताब चाहिएको छ, खोई पैसा भनिएको छ,’ उनले भने । 

साथै, उनले १० अर्बको हिसाब चाहियो भन्नेहरुप्रति व्यंग्य गरे । 

यो पनि