कात्तिक ०६, २०८१, मंगलबार
               

'कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ'

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका हुन् ।

'हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ ।' उनले भने, 'त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ।'

नेता श्रेष्ठले सीमामा देखिएको समस्या वार्ता र संवादबाट समाधान गर्नुपर्ने बताउँदै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।

छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।

नेकपाका प्रवक्ता समेत रहेका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्धालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि