बैशाख २२, २०८१, शनिबार
               

कांग्रेसले बुझायो सरकारलाई सुझावसहितको १३ बुँदे ज्ञापनपत्र

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

मंगलबार ७७ वटै जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । 

कांग्रेसले सरकारलाई बुझाएको ज्ञापन पत्रमा सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको उल्लेख छ । 

सो ज्ञापनपत्रमा सरकारले कोभिड १९ को संक्रमणको सम्भाव्य अवस्थालाई  संवेदनशील रुपमा नलिएको उल्लेख छ । 

साथै, सो ज्ञापनपत्रमा विज्ञले दिएका सुझावलाई बेवास्था गर्दै सरकार मनमौजी रुपले अघि बढ्दा कोभिड–१९ नियन्त्रणभन्दा बाहिर गएको उल्लेख छ । 

ज्ञापनपत्रमार्फत कांग्रेसले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन पनि माग गरेको छ । 

साथै, कांग्रेसले कन्ट्याक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन,स्वास्थ्य समाग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानबिन र पारदर्शिता अपनाउन पनि माग गरेको छ । 

यसका अलवा कांग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिका लागि सरकारले निःशुल्क एक करोडको बिमा  गर्न पनि माग गरेको छ । 

कांग्रेसले कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सरकारले प्रतिव्यक्ति एक करोडको बिमा गर्न पनि माग गरेको छ ।

यो पनि