काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको राजीनामा माग भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीको राजीनामा माग गरेका हुन् ।
तीन महिनाभित्रमा पाँचजना प्रशासकीय अधिकृत परिवर्तन गरी नगरपालिकाको कामकाज अस्तव्यस्त बनाएकाले मन्त्रीको राजीनामा माग्नुपरेको उनीहरूले बताएका छन् ।
विज्ञप्ति निकाल्दै उनीहरूले संघीय सरकारसँग मन्त्रीलाई राजीनामा दिलाउन नलाए सम्पूर्ण कामकारबाही ठप्प पार्ने चेतावनी दिएका छन् ।
नगर उपप्रमुख, वडाअध्यक्ष र नगर कार्यपालिका सदस्यहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएका छन् ।
उनीहरूले मन्त्रीमाथि कोरोना महामारी फैलिरहेका बेला मन्त्रालयले सरुवाको नाटक गरी नगरलाई संकटमा पारेको बताए ।