जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं फर्कन चाहनेहरुका लागि उपत्यकामा बसिरहेको स्थानीय तहको अनुमति चाहिने

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाबाहिर रहेकाहरुलाई काठमाडौं उपत्यका फर्किनका लागि उपत्यकामा आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने भएको छ ।  

जसका लागि गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र  व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा तुरुन्तै सवारी पास दिने गृह मन्त्रालले निर्णय गरेको छ ।
गृहमन्त्रालयको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहले निर्णय गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि