बैशाख २६, २०८१, बुधबार
               

भाजपाका नेताले भने : हामीले नेपालीलाई चोट पुर्‍यायौं, विदेश नीति सच्याऊँ

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

 काठमाडौं । अतिक्रमित भूमिलाई लिएर नेपालमा आक्रोश बढिरहेका बेला भारतको सत्तारुढ दलका एकजना वरिष्ठ नेताले नेपालीको भावनामा चोट पुगेको बताएका छन् ।  

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालीको भावनामा चोट पुगेको जनाउँदै विदेश नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।  नेपालले शनिबार प्रतिनिधिसभाबाट भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा पारित गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै वरिष्ठ नेता स्वामीले यस्तो भनेका हुन् ।  

उनले भारतको विदेश नीतिलाई नयाँ शिराबाट फेरि स्थापित गर्नु जरुरी रहेको पनि बताएका छन् । नेपालले भारतको भूमिमा दावी गर्ने कुरा सोच्‍न पनि नसकिने बताउँदै उनले भारतले नेपालीहरुको भावनामा चोट पुर्‍याएकाले अब सोच्‍नुपर्ने बेला आइसकेको बताएका हुन् ।

‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्‍न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ?', उनले ट्‍विटरमा प्रश्‍न गरेका छन्, 'जसका कारण नेपालीहरु भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्नु आवश्यक भइसकेको छ।’ 

नेपालले तल्लो सदनबाट नयाँ नक्सा पारित गरेको एक दिन पछाडि उनले आफ्नो देशको विदेश नीतिलाई लिएर गम्भीर प्रश्‍न गरेका हुन् । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयले भने नेपालले वार्ताको समझदारी उलंघन गरेको जिकिर गरेको छ । मन्त्रालयले नेपालले नक्सामा समावेश गरेको भूमि आफ्नो भएको पुरानै अडान दोहोर्‍याएको थियो । 


कस्तो लाग्यो ?

यो पनि