जेठ ०५, २०८१, शनिबार
               

विप्लवले गरे सरकारको प्रशंसा (विज्ञप्तिसहित)

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।

नेपालको अतिक्रिमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको प्रशंका गरेका हुन् ।

आइतबार एक प्रेस वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

विप्लवले नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् ।

उनले आमनागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् । 

वक्तव्यमा भनिएको छ, 'हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ ।'


कस्तो लाग्यो ?

यो पनि