कात्तिक १६, २०८१, शुक्रबार
               

सरिता गिरीको संशोधन प्रस्ताव खारेज

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेका हुन् । शनिबारको बैठकमा सभामुख सापकोटाले ‘नेपालको संविधानको दोस्रो संशोधन विद्येयक २०७७ को माथि दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सदनमा पेस गर्न कानुनमन्त्रीलाई अनुमति दिएका थिए ।

त्यसपछि विधायकमाथिको छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भयो । लगतै सभामुखले दफावार छलफलमा बोल्नका लागि प्राप्त भएको नाम सुनाए । 

लगतै, सरिता गिरी सिटबाट उठेर बोल्न खोजिन् । सभामुखले भने गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका सर्त विपरीत रहेको भन्दै राखेर गरेको जानकारी दिए । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेका हुन् । त्यसपछि जारी नेपालको संविधानको दोस्रो संशोधन विद्ययक २०७७ माथि दफावार छलफल भइरहेको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविपसमेत जारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि